१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन : २९ मतपत्रमा मत हाल्नुपर्ने, मतदान गर्न एक घण्टा लाग्ने



अ+ अ-

काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरुले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने भएको छ ।

एक प्रतिनिधिले २९ मतपत्रमा मत हाल्दा ४५ मिनेटदेखि एक घण्टासम्म लाग्न सक्ने पार्टी केन्द्रीय महाधिवेशन प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले बताउनुभयो ।

उहाँले डिजिटल भोटिङको विषयमा छलफल भइरहे पनि अन्तिम निर्णय नभएको जानकारी दिनुभयो ।

काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । कांग्रेस महाधिवेशनअन्तर्गत यही मंसिर २७ गतेदेखि उक्त स्थानमा मतदानको तयारी गरिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम छ । प्रदेश महाधिवेशनको उद्घाटनसँगै महाधिवेशनको लोगो सार्वजनिक गर्ने प्रचारप्रसार विभागका प्रमुख शर्माले बताउनुभयो ।

महाधिवेशनको नारा पनि तय गरिएको छ । शर्माका अनुसार ‘उत्साह, एकता, रूपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ ।