१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरत शाह र अमर पुनबीच लुम्बिनी प्रदेश सभापतिमा प्रतिस्पर्धा



अ+ अ-

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि पार्टीभित्रका दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनीमा वडा तहदेखि जिल्लासम्म संस्थापन र संस्थापन इतर पक्षले अधिकांश स्थानमा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा बिहीबार शुरु हुँदैछ ।

प्रदेश अधिवेशनमा पार्टी सभापति शेर बहादुर देउवा निकट संस्थापन पक्ष र वरिष्ट नेता रामचन्द्र पौडेल निकट संस्थापन इतर गरी दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

पार्टी सभापति शेर बहादुर देउवाको संस्थापन पक्षबाट रुपन्देहीका सांसद भरतकुमार शाह र संस्थापन इतर पक्षबाट वरिष्ठ नेता पौडेल निकट रोल्पाका जिल्ला सभापति अमर पुनले प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेर मत माग्न शुरु गरेका छन् ।