३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीको फोहोरा, अश्रुग्याँस र बुट हान्दा पनि सट्टा शिक्षक बानेश्वर तिर जादैँ



अ+ अ-

काठमाडौँ । शिक्षा विधेयकविरुद्ध आन्दोलन गरिरहेको स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समिति आजपनि बानेश्वर तिर जादैँ छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वर जान लागेको हो ।

प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षक बानेश्वर जान लागेका हुन् । उनीहरूले आइतबार र सोमबार पनि बानेश्वर गएका थिए।

आइतबार र सोमबार पनि बानेश्व गएका शिक्षकमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । शिक्षकहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा आइतबार पानीको फोहोरा र सोमबार पानीको फोहोराका साथै अश्रुग्याँस, लाठ्ठि,मुक्का र बुट बर्साउको थियो ।

स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका थिए ।

उनिहरुले रोजगारलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरेकोले सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै विरोधमा उत्रिएका हुन् ।

मुलुकभर ४० हजार राहत शिक्षक छन्। शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ।




भर्खरै