२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चट्ट रुमाल क्या मालुम’मा सलिन, सलोन र मल्लिकाको छमछमी



अ+ अ-

काठमाडौँ । चलचित्र ‘यात्रा’मा समावेश दोश्रो गीत ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक गरिएको छ । आज काठमाण्डौँमा आयोजित कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक नयाँ गीतमा धमेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् ।

पुरानो गीतमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहले नृत्य गरेका थिए । अब, यसको रिमेक गीतमा नायक सलिनमान बनियाँ, सलोन बस्नेत, नायिका मल्लिका महत्त लगायतले नृत्य गरेका छन् ।

प्रविण सिंहले कोेरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् ।

यो चलचित्रलाई सम्राट शाक्यले लेखन तथा निर्देशन गरेका हुन् । केशव भट्टराइको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल पोखरेलको लगानी छ ।