१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बृहत् लुम्बिनी गुरुयोजनाका बाँकी काम तत्काल अघि बढाऔँ: पूर्वअर्थमन्त्री पौडेल (भिडियो सहित)

बृहत् लुम्बिनी गुरुयोजनाका बाँकी काम तत्काल अघि बढाऔँ: पूर्वअर्थमन्त्री पौडेल (भिडियो सहित)
अ अ+ अ-

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बृहत् लुम्बिनी गुरुयोजनाको कार्यान्वयनले देशको समृद्धि र अर्थतन्त्रमा योगदान दिनसक्ने भन्दै यसका बाँकी काम तीव्ररूपमा अघि बढाउन नेपाल सरकार र  सरोकार रहेका व्यक्तिहरूको ध्यानाकर्षण गराउनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका क्रममा यहाँ आउनुभएका उहाँले  धार्मिक र पर्यटकीय हिसाबले विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनीको थप विकासका लागि बृहत गुरुयोजनाको कार्यान्वयन आवश्यक रहेको सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “दुनियाँमा मानिसले ठूला चमत्कार गर्न सक्लान् तर बुद्धको जन्मभूमि कसैले सिर्जना गर्न सक्दैन । धार्मिक र पर्यटकीय हिसाबले लुम्बिनी विश्वकै आकर्षक गन्तव्यमात्र होइन कि विश्वको झण्डै एकतिहाइ जनसङ्ख्याकै आस्थाको केन्द्र हो, त्यसैले यसको विकासमा राज्यको ध्यान पुग्नु नितान्त जरुरी छ ।”

केन्जो टांगेले ४० वर्षअघि बनाएको लुम्बिनी गुरुयोजना अझै पूरा नहुनु बिडम्बना भएको बताउँदै यसको शीघ्र कार्यान्वयन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । पूर्वमन्त्री पौडेलले गुरुयोजनाको कार्यान्वयनले मात्रै लुम्बिनी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने बताउनुभयो ।

लुम्बिनी गुरुयोजनाका बाँकी काम तीन वर्षभित्र सम्पन्न गर्नका लागि आफू अर्थमन्त्री भएका बेला रु सात अर्ब ३३ करोड बजेट विनियोजन गरी बहुवर्षीय स्रोत सुनिश्चितता गरेको जनाउँदै यसको सही सदुपयोग गर्न र आयोजनाको पूर्णतामा ढिला नगर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

पूर्वमन्त्री पौडेलले गौतमबुद्धले २९ वर्ष बिताएको तिलौराकोट, बुद्धका अस्तु धातु राखिएको ठाउँ रामग्रामलगायतका बुद्धसँग जोडिएका स्थलहरूलाई समेटेर बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुविषयक विश्वविद्यालयमा स्तरोन्नति गर्न केन्द्रीय क्याम्पसको संरचना विकास र विस्तारका लागि गौतमबुद्धको मावलीस्थल देवदहमा ९२ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय अघिल्लो सरकारले गरिसकेको जनाउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विश्वविद्यालयका रूपमा यस विश्वविद्यालाई स्थापित गर्नुपर्ने उहाँको सुझाव थियो ।

उहाँले भन्नुभयो, “यो विश्वविद्यालयलाई अगाडि बढाउन जुन तत्परता लिइएको छ त्यसलाई नयाँ ढङ्गबाट उचाइमा पु¥याउनुपर्छ, यो यात्रा अवरोध नहोस् भन्नका लागि सरकारले तदारुकता लिनुपर्दछ, यसका लागि आवश्यक बजेटको प्रबन्ध होस् ।”

पूर्वअर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुरुका दिनमा क्षेत्रीयस्तरको विमानस्थलका रूपमा डिजाइन गरिए पनि आवश्यकता महसुस गरी पूर्ण क्षमतामा सञ्चालनका लागि थप जग्गा अधिग्रहण गरिएको जानकारी दिँदै विमानस्थलको दोस्रो चरणको डिपिआरको काम अघि बढाउन पनि आग्रह गर्नुभयो । उहाँले विमानस्थलको उद्घाटन हुँदा दोस्रो चरणको कामको शिलान्यास गर्न सक्ने गरी काम अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।रासस