२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाकी सांसद मल्ल बेपत्ता, विप्लवका कार्यकर्ताहरुले अपहरण गरेको आशंका



अ+ अ-

धनगढी । बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् ।

बझाङ निर्वाचन क्षेत्र नं (ख) बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका आफन्तले बताएका छन् ।

तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका उनीहरुको दाबी रहेको छ ।

उनका बुवा धनबहादुर मल्ल र भाइ भरत मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् ।