१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन विष्ट र जिसी



अ+ अ-

कञ्जनपुर । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ ।

सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ ।
कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

बिहिबार विहान न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहिबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।