२९ आश्विन २०८१, मंगलवार
,
Latest
तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाउपडी प्रथा उन्मुलन गर्न आएको ४० लाख रुपैयाँ सेमिनारमै सकियो



अ+ अ-

काठमाडौं । पश्चिम नेपालमा कुरीतिका रूपमा रहेको छाउपडी प्रथा उन्मूलनको उद्देश्यले जनचेतना फैलाउनका लागि संयुक्त राष्ट्रसंघीय महिलासम्बन्धी कार्यक्रमले दिएको ४० लाख रुपैयाँ गोदावरी भिलेज रिसोर्टलगायतका तारे होटलमा सेमिनार गरेर सकिएको छ । लक्षित वर्गका लागि आएको सो रकम राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीको एकल प्रस्तावमा यूएन वुमेनले दिएको थियो ।

लक्षित वर्गमा कार्यक्रम पुग्नुको साटो ठूला तारे होटेलमा एकदिने सेमिनार गरेर बजेट सिध्याइएको पाइएको छ । राजधानीकै होटलमा छाउगोठ बनाएर कुरीति अन्त्य यसरी गरिँदै छ भनेर बजेट सके पनि पश्चिम नेपालको गाउँमा छाउपडी प्र्रथामा कुनै परिवर्तन देखिएको छैन ।

मानवअधिकार आयोग स्रोतका अनुसार सो बजेट जनचेतनामूलक कार्यक्रमका नाममा गोदावरी भिलेज रिसोर्टमा कार्यक्रम गरेको र कार्यक्रममा आउने सहभागीलाई आउने जाने भाडा खर्च र खाना खर्चमा सकिएको छ ।

आयोग स्रोतका अनुसार रिसोर्टमा छाउपडीसम्बन्धी सेमिनार गरेर बजेट सके पनि छाउपडीको प्रतिवेदन दुई महिना बित्दा पनि पेस भएको छैन । आयोग सदस्य अन्सारीले कार्यक्रम सकेपछि अहिले छाउपडीसम्बन्धी प्र्रतिवेदन बनाइरहेकी छन् ।

स्र्रोतका अनुसार सदस्य अन्सारी पश्चिम नेपालमा दुईपटक छाउपडीको विषयमा बुझ्न गएकी थिइन् । आयोगको तर्फबाट मनमाया रानामगर र मधु सुनामको टोलीले ९ मंसिरदेखि १६ मंसिरसम्म अछाम र दैलेखको भ्र्रमण गरेको थियो । दोस्रोपटक १८ मंसिरदेखि २० पुससम्म छाउपडीसम्बन्धी राष्ट्रिय तालिम गरेको देखिन्छ ।

छाउपडीलाई कानुन बनाएर नियन्त्रण गर्न खोजे पनि पश्चिम नेपालमा ५ सय छाउगोठ अस्तित्वमा रहेको यसअघिको मानवअधिकार आयोगको प्र्रतिवेदनले उल्लेख गरिसकेको छ । पश्चिम नेपालमा धार्मिक अन्धविश्वास र सामाजिक जटिलतालाई चिर्न नसक्दा छाउगोठ हटाउने अभियान निष्प्र्रभावी जस्तो बनेको छ । पश्चिम नेपालको अछाम र दैलेखमा छाउपडी प्रथाको अवस्था भयावह छ ।

सर्वोच्चले १९ वैशाख २०६२ मा गरेको फैसलाअनुसार महिलालाई छाउपडी गोठमा पठाउने प्रथालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुरीति घोषणा गर्नुपर्ने भनेको छ । सर्वोच्चको फैसलाअनुसार कुरीति घोषणा गर्दै कानुन निर्माण भयो । अब त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिमानाको व्यवस्था गरेको छ । सर्वोच्चको फैसलाअनुसार स्वास्थ्य मन्त्रालयले चिकित्सकसमेत भएको एक अध्ययन समिति बनाई यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर र समाधानका उपायको पहिचान गर्नुपर्ने जनाएको छ । छाउपडी प्रथाविरुद्ध चेतना जगाउन स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय परिचालन गर्नुपर्ने र महिला तथा बालबालिका मन्त्रालयले महिलामाथि हुने यस प्रकारको विभेद अन्त्य गर्न निर्देशिका बनाई जारी गर्न भनेको थियो ।

छाउपडी प्रथालाई पहिलोपटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित गरेर कानुनसमेत बनाइसकेको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेको नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुनका रूपमा आइसकेको छ ।

विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत महिलाले घरभित्र बस्न नपाउने र गाई, भैंसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यसरी गोठमा चार दिन बिताउनुपर्दा कतिपय महिलाले अकालमा ज्यान गुमाउनुका साथै बिरामी परेका र उनीहरूले अपमानबोध महसुस गरेका प्रशस्त उदाहरण छन् । राजधानी दैनिकमा खबर छ ।