१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनिफर लोपेज गरिन छैटौंपटक इन्गेजमेन्ट, होला त पाँचौ पटक विहे ?



अ+ अ-

चर्चित हलिउड अभिनेतृ तथा गायिका जेनिफर लोपेजले हालै छैटौंपटक इन्गेजमेन्ट गरेकी छिन्। ४९ वर्षकी उनले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँग औंठी साटासाट गर्दै इन्गेजमेन्ट गरेको एजेन्सीले जनाएको छ।

करिब दुई वर्षदेखि सम्बन्धमा रहेका उनीहरूले आफ्नो तस्वीर सामाजिक संजालमा सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। उनीहरूले पहिलोपटक सन् २००५ मा एकअर्कासँग भेटेका थिए। यसभन्दा अघि जेनिफरले चारपटक विवाह गरिसकेकी छिन्। जेनिफरका लागि प्रेम, इन्गेजमेन्ट र विवाह सामान्य कुरा हो।

उनको यो चौथो विवाह हो। सन् १९९७ मा पहिलो विवाह गरेकी उनको एक वर्षपछि सम्बन्धविच्छेद भएको थियो। दोस्रो विवाह २००१ मा गरेकी उनको दोस्रो विवाह दुई वर्षसम्म चलेको थियो। २००४ मा तेस्रो विवाह गरेकी उनको यो विवाह सम्बन्ध भने २०१४ सम्म चलेको थियो।

उनका २ बच्चा रहेका छन्। रोड्रिगेजले भने सन् २००२ मा विवाह र २००८ मा सम्बन्धविच्छेद गरेका थिए। जेनिफर ४९ वर्षकी हुन् भने रोड्रिगेज ४३ वर्षका छन्।