१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

माओवादीको विधान परिमार्जन हुँदै, देव गुरुङको संयोजकत्वमा कार्यदल गठन

माओवादीको विधान परिमार्जन हुँदै, देव गुरुङको संयोजकत्वमा कार्यदल गठन
अ अ+ अ-

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीकोबैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहनुभएको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो ।

प्रवक्ता महाराले पार्टीमा अब आउने नयाँ पार्टी सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु बनाइएको बताउनु भयो । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताउनु भयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘खास गरेर केन्द्रिय प्रतिनिधिको विषयमा हिजो जुन निर्णय गरेका छौँ, त्यसलाई प्रश्तावकै रुपमा कायम राख्दै अन्य थप केन्द्रिय प्रतिनिधिहरु पठाउने ठाउँहरु धेरै छन्, उनीहरु सबैलाई फेरि थप प्रश्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ । प्रतिनिधिहरु छान्ने विषयमा पनि छलफल भएको छ । राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नविकरणको संख्याको आधारमा कुन प्रदेशले कति ग¥यो त्यसको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ । आउने प्रतिनिधिहरुको प्रवेश शुल्क तोकिएको छ ।

प्रत्येक पार्टी सदस्यलाई २ हजार प्रवेश शुल्क तोकिएको छ । अर्को विधानको विषयमा हामीले छलफल ग¥यौँ । विधानमा केही विषय परिमार्जन गर्ने, थप गर्ने केही छ भने ५ जनाको उपसमिति बनाइएको छ । देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव हुनुहुन्छ । २५ गतेसम्म उहाँहरुले गरिसक्नु हुन्छ । राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु निर्माण गरिएको छ । जसमा व्यवस्थापन उपसमिति, खास सम्मेलनको व्यवस्थापन गर्नको निम्ति हितमान शाक्यको नेतृत्वमा एउटा व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

प्रचारप्रसार उपसमितिमा कृष्णबहादुर महराको नेतृत्वमा अर्को उपसमिति बनाइएको छ । यसरी दुईवटा उपसमिति लगायत स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरिएको छ । ठोस अर्को बैठकमा गरिन्छ । लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने छ, सार्वजनिक गर्ने निर्णय गरिएको छ । स्थायी कमिटीले सार्वजनिक गर्नको निमित्त अनुमति दियो, राष्ट्रिय सम्मेलनमा हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको छ । एक प्रदेशमा एक जना भए पनि गर्ने भन्ने निर्णय गरिएको छ ।’

प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको बताउनु भयो । उहाँले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको पनि बताउनु भयो । बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको बताउँदै केन्द्रिय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत दिएको बताउनु भयो ।