२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वामित्वको १ सय ५० रोपनी जग्गा होटलका नाममा



अ+ अ-

काठमाडौं । तारागाउँ विकास समितिले हायात रिजेन्सी होटल लिमिटेडलाई दिएको जग्गाको सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अनुसन्धान थालेको छ ।

तारागाउँ विकास समितिको गलत निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हायात होटलका नाममा दर्ता भएका सम्बन्धमा मन्त्रालयले उक्त जग्गा विवादका सम्बन्धमा छानबिन समिति नै गठन गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका उपसचिव समरबहादुर सिंह ठकुरीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए ।

नापी विभागका नापी अधिकृत युवराज आचार्य, मन्त्रालयका अधिकृत केशवप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत सदस्य रहनेछन् । समितिले ७ दिनभित्र उक्त जग्गा विवादसम्बन्धी प्रतिवदेन ७ दिनभित्र बुझाउन मन्त्रालयले समितिको समयावधि तोकेको छ ।

२०४९ सालदेखि सरकारी नामको उक्त जग्गा हायातले भोगचलन गर्दै आएको छ । त्यसबापत प्रतिरोपनी १० लाख रुपैयाँका दरले सेयर कायम गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गतको १८ रोपनी पनि हायातले चर्चेको छ । कोषको जग्गा प्रयोगबापत पशुपतिनाथलाई प्रतिरोपनी मासिक १ सय ५२ रुपैयाँ भाडा ९कुत० तिर्छ । त्यसबापत कोषले वर्षको ३२ हजार आठ सय ६५ रूपैयाँ मात्र पाउँछ । तारा गाउँ विकास समिति यसको मोही पनि छ । होटल ४५ रोपनी जग्गामा छ । होटलले अमालकोट कचहरी मातहतको गुठी जग्गा २०४९ सालदेखि प्रयोग गर्दै आएको हो ।

आनामा हिसाब गर्दा मासिक नौ रूपैयाँ ५० पैसा हुन आउँछ । होटलले करिब १८ रोपनीको ९ वटा कित्ताको गुठीजग्गा प्रयोग गरेबापत ३२ हजार ८ सय ६५ रुपैयाँ तिर्दै आएको हो । होटलले तिर्ने यो कुतबाली २०६८ सालसम्म तिर्दै आएको रकममा ५० गुणा वृद्धि गरिएको कोषका कर्मचारी बताउँछन् । कोषले एक रोपनी जग्गाको एक मुरी ९२० पाथी० धान तिर्ने गरीको कुतबाली निर्धारण गरेको छ, जसबापत कोषले एक मुरीको करिब दुई हजार रूपैयाँ तिर्नुपर्ने भनी निर्धारण गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सदस्यीय अनुसन्धान टोली बनाएर विस्तृत अनुसन्धान गरिरहेको छ । दिगो विकास तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले तारा गाउँको विषय विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका थिए । हायात जग्गा विवादमाथि संसद्को अन्तर्राष्ट्रिय समितिले छानबिन गरिरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।