१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौँ महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने भएको छ ।

चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबाट जम्मा दुई हजार सातसय रुपियाँ मात्र राजस्व उठेको छ ।

छाडा गाईवस्तु पक्रनु, व्यवस्थापन गर्नु निकै खर्चिलो भए पनि लिलामबाट लागत पनि उठ्न सक्दैन । उपकरण जडान गरिएपछि महानगरका सडक अवरुद्ध गर्ने गरी आइपुगेका चौपायाको धनी को हो रु

सजिलै पत्तालगाइ दण्ड जरिवाना गर्न सकिने र यस्ता चौपायाको व्यवस्थापन सहज रुपमा हुने आशा महानगरपालिकाले गरेको छ ।
छाडा चौपायालाई संरक्षण गर्दै आएको स्नेहा केयर९नख्खु०का प्रमुख स्नेहा श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले यही फागुन २२ गते सडकका छाडा चौपायालाई अन्नपानी र दानाको व्यवस्था गरेर संरक्षण गर्नु भन्ने सरकारका नाममा परमादेश जारी भएको समाचार गोरखापत्र दैनिकमा छ ।