२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने



अ+ अ-

काठमाडौं । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए ।

कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सीलाई कारबाही गर्न माग गर्दैै संचारमाध्यम समेत गुहारेका थिए । मन्त्रालयद्धारा गठित समितिले पिडीत विद्यार्थी र आफन्तलाई उजुरी दिन आब्हान गरेको थियो । तर कुनै पनि विद्यार्थीले उजुरी नदिएको कारण कस्लाई के कारवाही गर्ने भन्ने विषय खुलेको छैन ।

शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव देवकुमारी गुरागाईँको संयोजकत्वमा गठित समितिले सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई प्रतिवेदन बुझाएको थियो ।

तर सो प्रतिवेदन सार्वजनिक गरिएको छैन । एउटा मात्रै प्रतिवेदन भएकोले मन्त्रीले कार्यान्वयन गर्नुस भन्दै सचिवलाई उपलब्ध गराएको कारण सो प्रतिवेदनको विषयमा मन्त्रालयका कुनैपनि अधिकारीलाई जानकारी छैन । नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।