२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशन : थापा र लिङदेन समूह सहित प्रतिस्प्रर्धामा



अ+ अ-

काठमाडौँ । काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मनोनय दर्ता हुँदैछ ।

राप्रपाको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री एवं राप्रपाका एक मात्र प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङदेन समूह सहित प्रतिस्प्रर्धामा उत्रिएका छन् ।  थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् ।

यसैगरी महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही रहनु भएको छ । उता लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्न लाग्नु भएको छ ।  

महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्न लाग्नु भएको छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहको सुचिमा रहनु भएको छ । निर्वाचन समितिका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ।

मनोनयनको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने\छ । महाधिवेशनमा ४ हजार ४ सय जना प्रतिनिधी सहभागी भएका छन् । राप्रपाले पनि मतदान  बिद्युतिय मेसीनबाट गर्ने तयारी गरेको छ ।  




भर्खरै