१२ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा



अ+ अ-

काठमाडौं । नेपाल वायुसेना निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन् । बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो ।

नेपालमै प्रशिक्षण पाइलटले लातिम गराएर परीक्षा लिएपछि मात्रै तालिममा पठाउनु पर्ने हुन्छ । तर, निगमले लातिम तथा परीक्षाबिनै मानन्धर र शर्मालाई तालिममा पठाउँदा उनीहरु असफल भएर फर्किएका छन् । मानन्धर र शर्मा जनवारी १४ का दिन तालिमको लागि सिंगापुर गएका थिए । परीक्षामा सामेल हुँदै असफल भएपछि उनीहरु फर्किएका हुन् ।

निगमका सहप्रवक्ता नवराज कोइरालाले तालिममा पठाएका शर्मा र मानन्धर असफल भएको बताए । तर, तयारी नगराएको तथा नजिकको व्यक्ति पठाएको उनले स्वीकारेनन् । ‘खास त्यस्तो तयारी गर्नुपर्ने केही हुन्न, त्यहाँ गएर कक्षा लिने हो,’ कोइरालाले भने, ‘यहाँ तालिम तथा परीक्षा नगरी पठाउँदा उहाँहरू सक्सेस नभएको भने होइन् ।’ नागरिक दैनिमा समाचार छ ।