२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि दाबेदार बार्सिलोना र युनाइटेड क्वार्टरफाइनलमै भिड्ने, लिभरपुलले कमजोर टोली पायो



अ+ अ-

काठमाडौं । उपाधि दाबेदार मानिएका स्पेनिस कल्ब बार्सिलोना र इंग्लिस कल्ब म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमै भिड्ने भएका

शुक्रबार (आज) स्वीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा भएको ड्रअनुसार यो नतिजा निस्केको हो ।

हाल युनाइटेड प्रिमियर लिगमा पाँचौं स्थानमा छ भने बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेको छ ।

यसअघि अन्तिम १६ मा बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई एग्रीगेटमा ५–१ तथा युनाइटेडले फ्रेन्च क्लब पिएसजीलाई ३–३ को बराबरी भए पनि अवे गोलमा पछि पार्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

त्यसैगरी, इंग्लिस टोली म्यानचेस्टर सिटीले जर्मन क्लब शाल्केलाई १०–२, इटालियन युभेन्टसले स्पेनिस एथ्लेटिको मड्रिडलाई ३–२, इंग्लिस टोली लिभरपुलले जर्मन टोली बार्यन म्युनिखलाई ३–१ तथा स्पेनिस बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई ५–१ ले हरााएर अन्तिम आठमा स्थान बनाएको थियो ।

अन्तिम आठमा सबैभन्दा बढी इंग्ल्यान्डका ४ टोली छन् । त्यसपछि इटाली स्पेन, पोर्चुगल र नेदरल्यान्ड्सका १–१ टोली छन् ।

क्वार्टफाइनलअन्तर्गत पहिलो लेगका खेल आगामी अप्रिल ९ र १० तारिखमा हुनेछ । दोस्रो लेगका खेलहरू अप्रिल १६ र १७ तारिखमा हुनेछन् ।

त्यसपछि सेमिफाइनलअन्तर्गत पहिलो लेगका खेलहरू अप्रिल ३० र मे १ मा हुनेछन् । दोस्रो लेगका खेल मे ७ र ८ तारिखमा हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल स्पेनमा जुन १ तारिख शनिबार हुनेछ ।




भर्खरै