१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत



अ+ अ-

काठमाडौं । नेपालसँग श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत भएको छ ।  काठमाडौंमा शुक्रबार भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा सन् २००५मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति बनेको हो ।

बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाउनुका साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

यस्तै, नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम  केन्द्र स्थापना गर्न पनि सहमति भएको छ ।