१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेटफ्लिक्समा सार्वजनिक भयो मनी हाइस्ट सिजन ५– को दोस्रो भाग



अ+ अ-

काठमाडौं । नेटफ्लिक्समा बहुप्रतिक्षित क्राइम–थ्रिलर सिरिज 'मनि हाइस्ट सिजन ५' को दोस्रो भाग आज सार्वजनिक भएको छ । 

मनी हाइस्ट सिरिजको पाँचौ सिजनलाई दुई भागमा बाँडिएको छ । जसमध्ये पहिलो भाग भदौं १८ गते सार्वजनिक भएको थियो भने दोस्रो भाग आज सार्वजनिक भएको हो । नेपाली समयानुसार दिउँसो १ः४५ बजे यो सिरिज नेटफ्लिक्समा विश्वभर स्ट्रिमिङ भएको छ । 

पाँचौ सिजनमा जम्मा १० ओटा एपिसोड रहेका छन् । पहिलो भोलुम अन्तर्गत पाँच ओटा एपिसोड रहेका छन् भने दोस्रो भोलुममा पनि पनि पाँचवटै एपिसोडहरू रहेका छन् । 
 
बैंक लुटेराको कथामा बनेको यस सिरिज पहिला एन्टेना ३ च्यानलबाट स्पेनमा मात्रै प्रदर्शन भए पनि नेटफ्लिक्सबाट प्रदर्शन भएपछि संसारभरिका दर्शकको प्रिय सिरिज बन्न सफल रहेको छ । 

मूल स्पेनिस भाषाको यो सिरिज अंग्रेजी भाषामा डबिङ भएर आएपछि यो प्रख्यात हुन पुग्यो जसकारण मेकर र निर्माताले यसलाई बढाएर पाँचौँ सिजनसम्म पुर्याए । 

प्रत्येक शृंखलामा सस्पेन्स, एक्सन, प्रेम, घृणा र भावना रहेको यो सिरिज मनोरञ्जनको फुल डोज रहेको छ ।