१० असार २०८३, बुधबार
,
Latest
ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारको विषय उठाउँदा कर्तव्यपालनामा पनि ध्यान दिऔँ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन हुन्न भन्नुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, “शिक्षक परिवर्तनका सम्वाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र रुपान्तरण हो, शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि अरुलाई सिकाउनुपर्छ ।’’

शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पु¥याउन सुझाव दिँदै उहाँले भन्नुभयो, “अधिकारको विषय उठेपनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको हो ।” अर्को एक प्रसङ्गमा मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधानलाई मिच्ने काम गरेको बताउँदै उहाँले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि पार्टीमा विद्रोह गर्न बाध्य भएको जानकारी गराउनुभयो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष एवं संयोजक भीमबहादुर बस्नेतले सङ्गठन वैचारिक ढङ्गबाट स्खलित र साङ्गठनिक हिसाबले एकलौटीको प्रयास भएपछि नयाँ सङ्गठन बनाएर अघि बढ्ने प्रयासमा जुटेको जानकारी दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापकद्वय बद्रीप्रसाद खतिवडा र वेधनिधि निरौला र नवगठित सङ्गठनका उपाध्यक्ष भगवती राजभण्डारीले कक्षा कोठाप्रति इमान्दार भएर दक्षताका साथ काम गर्ने शोषित पीडित शिक्षकलाई सङ्गठनले उत्प्रेरणा जगाउने काममा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो ।

‘शैक्षिक, पेशागत र ट्रेड युनियन अधिकारको लागि हाम्रो अभियान, सुदृढ, सशक्त र वैचारिक प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दुईदिने सम्मेलनमा मुलुकका ७३ जिल्लाबाट प्रतिनिधिमूलक रुपमा शिक्षक शिक्षिकाको सहभागिता रहेको जानकारी दिइयो ।