१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस कर्णालीको सभापतिमा तीन जनाको उम्मेदवारी



अ+ अ-

सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ललितजङ्ग शाही (जुम्ला), भुपेन्द्रजङ्ग शाही (कालीकोट)र मोतिराज बम (कालीकोट) ले सभापति पदमा उम्मेदवारी दिनुभएको हो । 

ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुनुहुन्छ । निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिनुभयो । उपसभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा नीरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर वीसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवार दर्ता गर्नुभएको छ । सहमहामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाँकुमारी शाही र देविकाकुमारी साउद हुनुहुन्छ । 

कांग्रेसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक÷एक सहमहामन्त्री हुने व्यवस्था छ । उक्त पदका लागि शनिबार  १२ बजेदेखि पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।