२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी पहिलोपटक विश्वकपपछि राष्ट्रिय टोलीबाट खेल्दै



अ+ अ-

अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दुबैले सन् २०१८ को रसिया विश्वकप पछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्ने निश्चित गरेका छन् । मेस्सीले अर्जेन्टिनाबाट शुक्रबार भेनिज्युलाविरुद्ध म्याड्रिडमा मैत्रीपूर्ण खेल खेल्दैछन् भने रोनाल्डोले पोर्चुगलबाट यूरोप २०२० को छनोटमा यूक्रेनविरुद्ध लिस्वेनमा खेल्न लागेका हुन्।

दुबैले विश्वकपपछि ६ अन्तर्राष्ट्रिय खेल गुमाएका थिए। पोर्चुगल रोनाल्डोबिना नेशन्स कपको सेमिफाइनलमा पुगेको छ। ३४ वर्षिय रोनाल्डोले पोर्चुगलबाट १५४ खेल खेल्दै ८५ गोल गरेका छन् ।३१ वर्षिय मेस्सीले भने अर्जेन्टिनाबाट १ सय २८ खेल खेल्दै ६५ गोल गरेका छन्। मेस्सी राष्ट्रिय टोलीमा फर्कने भएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खुशी व्यक्त गरेका छन्।