१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : पञ्जाबसँग राजस्थान पराजित, गेलको आक्रामक पारी



अ+ अ-

जयपुर । किङ्स–११ पञ्जाबले इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२औं संस्करणमा विजयी सुरवात गरेको छ । सोमबार राति खेलिएको खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनायो ।

जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७० रनमात्रै बनाउन सक्यो । पहिले ब्याटिङ गरेको पञ्जाबका लागि वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले ७९ रनको योगदान गरे । ओपनर गेलले केवल ४७ बलको सामना गरी चार छक्का र आठ चौका प्रहार गरे । उनी म्यान अफ दी म्याच घोषित भए ।

पञ्जाबक अर्का ओपनर लोकेश राहुल भने चार रनमै पेभेलियन फर्किएका थिए । युवा क्रिकेटर सर्फराज खानले अविजित ४६ रन बनाए । उनले २९ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । मायान्क अग्रवालले २४ बलमा दुई छक्का र एक चौकाको मद्दतले २२ रन थपे ।