काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार बेलुकादेखि मेघ गर्जनसहित बर्षा भैरहेको छ । बर्षा हुो क्रम मंगलबारसम्म पनि जारी रहेको छ ।
मौसम विभागका अनुसार बर्षा हुने क्रम बुधबारसम्म जारी रहने छ । बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हाल मुलुकभरको मौसममा बदली आएको कारण मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
केही स्थानमामा भने मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।