१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार र सिहंदरबारबाट अपराधीको संरक्षण हुन्छ, सरकार नालायक र भ्रष्ट छ : संग्रौला



अ+ अ-

बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण हुने गरेको आरोप लगाएकी छिन् । उनले निर्मला पन्त हत्या भएको यति लामो समयसम्म पनि हत्यारा पत्ता लगाउन नसकिनुले यो कुरा स्पष्ट पारेको बताएकी हुन् ।

बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले प्रधानमन्त्री र गृहमन्त्रीले बालुवाटार अनि सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको बताइन् ।उनले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरिन् ।

‘ सरकारबाट नै हत्यारालाई संरक्षण छ, नत्र बलात्कारपछि हत्या भएको एक नाबालिकाको ८ महिना बितिसक्दा पनि हत्यारा गर्ने अपराधी किन पत्ता लगाउन सक्दैन् ? नेतृ ‘संग्रौलाले भनिन्’, सरकार नालायक र भ्रष्ट सरकार हो ।’

राष्ट्रियताको सवालमा सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली एकै सिक्काका दुई पाटामा उभिएको उनको दाबी छ । उनले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर देशलाइ मूठभेड तीर धकेल्न खोजेको आरोप पनि लगाइन ।