१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउसी भैलोबाट संकलित रकम क्यान्सर पीडितलाई सहयोग



अ+ अ-

तनहुँ । जिल्लाको भिमाद नगरपालिका–६ स्थित माझटार निवासी पाठेघरको क्यान्सरबाट ग्रसित पवित्रा नेपालीलाई न्यु होराइजन क्लब भिमादले आर्थिक सहयोग प्रदान गरेको छ । 

सहयोग रकम ग्रहण गर्दै नेपालीले सो सहयोगबाट आफू निकै खुशी रहेको बताइन् । आर्थिक अवस्था कमजोर रहेको उनले उपचार गर्नको लागि सबैसँग सहयोगको अपेक्षा गरेकी छन् 

हिन्दुहरुको दोस्रो महान चाड तिहारको अवसरमा आयोजना गरेको देउसी भैलोबाट संकलित मध्य रु. १० हजार रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ । 

पछिल्लो समय देउसी भैलो कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रमबाट संकलित रकम भ्रमण , वनभोज जस्ता कार्यमा मात्र खर्चिने गरेकाले युवा पुस्तालाई सामजिक कार्यमा अग्रसर हुन प्रेरित गर्नको लागी सहयोग गरेको कार्यक्रम संयोजक सुनिल श्रेष्ठले बताए । 

देउसी भैलोबाट संकलित रकम मनोरञ्जन सँगसँगै सामजिक कार्यमा संग्लन हुन उनले सुझाब दिएका छन् ।