२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप फुटबल : स्पेनको लगातार दोस्रो जित, अल्भारो मोराटा बने नायक



अ+ अ-

युरो कप फुटबल छनोट खेलमा स्पेनले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘एफ’ अन्तर्गत बुधबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा स्पेनले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी माल्टालाई २-० गोलले हरायो । माल्टाको घरेलु मैदानमा खेलिएको उक्त खेलमा स्पेनलाई जित दिलाउन दुबै गोल अनुभवी खेलाडी अल्भारो मोराटाले गरे । इङ्लिस क्लब चेल्सीका २६ वर्षीय खेलाडी मोराटा हाल ऋणमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्छन् ।

मोराटाले खेलको दुबै हाफमा एकरएक गोल गरेका थिए । खेल सुरु भएको ३१औं मिनेटमा स्पेनलाई अग्रता दिलाएका मोराटाले ७३औं मिनेटमा दोस्रो गोल थपेका थिए । हाल फिफा वरीयताको एक सय ८२औं स्थानमा रहेको माल्टा खेलको प्रारम्भदेखि नै बलियो स्पेनसामु निरीह देखिएको थियो । स्पेनका खेलाडीलाई ८४ प्रतिशतम समय बलमाथि नियन्त्रण राखेका थिए । यद्यपी, माल्टाको दरिलो रक्षापँक्तिलाई चिर्न स्पेनका खेलाडीलाई निकै कठिन परेको थियो । स्पेनले तीन पटकको युरो कप च्याम्पियन टोली हो ।

हालसम्म स्पेन र जर्मनीले मात्र सर्वाधिक तीनरतीन पटक युरो कपको उपाधि जित्न सकेका छन् । पहिलो पटक सन् १९६४ मा युरो कप जितेको स्पेनले त्यसपछि सन् २००८ र सन् २०१२ मा लगातार उपाधि हात पारेको थियो । अघिल्लो साता खेलिएको युरो कपको आफ्नो पहिलो छनोट खेलमा स्पेनले बलियो प्रतिद्वन्द्वी नर्वेलाई घरेलु मैदानमा २-१ गोलले हराएको थियो । बुधबार विहान खेलिएको समूह ‘एफ’ कै अर्को खेलमा नर्वेले घरेलु मैदानमा स्विडेनलाई ३-३ गोलको बराबरीमा रोक्यो ।

अर्को खेलमा रोमानियाले घरेलु मैदानको फाइदा उठाउँदै फारोए आइल्यान्ड्समाथि ४-१ गोलको जित हासिल ग¥यो । सबै टोलीले दुईरदुई खेल खेलिसक्दा ६ अंकसहित स्पेन पहिलो, चार अंकसहित स्विडेन दोस्रो, तीन अंकसहित रोमानिया तेस्रो, तीन अंकसहित माल्टा चौथो र एक अंकसहित नर्वे पाँचौं स्थानमा छन् ।




भर्खरै