भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधनमा भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् ।
मोदीले भने, ‘केही समयअघि भारतले एक अभुतपूर्ण सफलता हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गरेको छ । संसारका तीन देश अमेरिका, रुस र चीन नै मात्रै यो उपलब्ध हासिल गरेका थिए । अब यो पंक्तिमा भारत पनि समावेश भएको छ । ’
उनले थपे, ‘अन्तरिक्षमा तीन सय किलोमिटर टाढा लो अर्ब अर्बिट (एलइओ) सेटलाइटलाई खसालेको छ । यो एक पूर्व निर्धारित लक्ष्य थियो र तीन मिनेटभित्र यो हासिल गरियो । मिशन शक्ति यो निकै कठिन अपरेशन थियो जसलाई हामीले हासिल गर्यौं । हामी यसका लागि आफ्ना वैज्ञानिकलाई बधाई दिन्छौं ।’
‘अन्तरिक्ष आज हाम्रो जीवनशैलीको महत्वपूर्ण हिस्सा हो । आज हामीसँग विभिन्न उपग्रह छन् र यो देशको विकाशमा योगदान दिइरहेका छन्,’ उनले भने ।
उनले आफ्नो देशका वैज्ञानिकहरुलाई बधाई दिएका छन् । ‘अन्तरिक्ष अहिले हाम्रो जीवनशैलीको अहम् हिस्सा बनेको छ । आज हामीसँग थुप्रै उपग्रह छन् र यसले देशको विकासमा योगदान दिइरहेका छन्,’ उनले भने ।