१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल संविधान संशोधन गरेर अघि बढ्न जसपा तयार छः अध्यक्ष भट्टराई



अ+ अ-

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दावी समेत गर्नु भयो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकतावद्ध भएर अघि बढन पनि आह्वान गर्नु भयो । 

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा कुरा उठाईराखेको र मन्त्रीपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेश गर्न लगाउने आश्वासन समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । 

अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छांैं । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अव हामीले चाँही एक ढिक्का भएर अगाडि बढौं । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिवद्ध ।’

अध्यक्ष भट्टराईले फेरी पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गर्नु भयो । उहाँले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।