१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो शिशु जन्मिएको २६ दिनपछि जुम्ल्याहा शिशु, डाक्टर नै आश्चर्य चकित



अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरिफा सुल्ताना इती नाम गरेकी २० वर्षीय युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छन्। पहिलो बच्चा जन्मिएको समयमा चिकित्सकले उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा नपाएको बताएका छन्।

ती युवतीले शल्यक्रियामार्फत जुम्ल्याहा बच्चा जुन्माएकी हुन्। २६ दिनअघि उनले सामान्य रुपमा एक सन्तान जन्माएकी थिइन्। पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्म दिएकी हुन् ।

बीबीसीका अनुसार २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भएको हो । त्यतिबेला चिकित्सकले उनको पेटमा रहेको दोस्रो पाठेघर र त्यसमा रहेका दुई बच्चाको ख्यालै गरेनन्। पछि उनी अस्पताल जाँदा चिकित्सकले अल्ट्रासोनेग्राफी टेस्ट गरेपछि बल्ल उनको पेटमा दुईवटा पाठेघर रहेको थाहा पाए।

अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको बताइएको छ।उनको उपचारमा संलग्न डा. शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्, हामीलाई पहिलो सुत्केरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन। २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भयो।

उनले पहिलो सन्तानलाई पहिलो पाठेघरबाट र जुम्ल्याहा शिशु दोस्रो पाठेघरबाट जन्म दिएकी हुन्। यस्तो घटना निकै दुलर्भ रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। आरिफा र उनका सन्तानको स्वास्थ्य राम्रो रहेकाले मंगलबार डिस्चार्ज भएका छन्।