पाल्पा । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काँग्रेसको चाहना धार्मिक स्वतन्त्रता रहेको बताएका छन् । उनले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको जिकिर गरे ।
प्रेस युनियन पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भने “धर्म स्वतन्त्र हुनुपर्छ, काँग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,” हिन्दू राष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो ।