१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी भिड्दै



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार)एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एकमात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । 

ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३–२ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको उसको ४ अंक छ । ब्रिग्रेड तालिकाको चौंथो स्थानमा रहेको छ ।

यता, आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो । आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।