२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतासंग गाउँ गाउँमा सांसद



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आ–आफ्नो क्षेत्रमा पुगेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को चैत ११ गते बसेको संसदीय दलको बैठकले पार्टीका सांसदलाई आ–आफ्नो क्षेत्रमा गएर आगामी बजेटमा राख्नुपर्ने योजनाको छनोट गर्न निर्देशन दिएको थियो । साथै सरकारले गरेका कामको जानकारी जनतालाई गराउन पनि पार्टीले निर्देशन दिएको थियो ।

सोही अनुसार अहिले सांसदहरू कोही आफ्नो क्षेत्रमा छन् भने कोही जाने क्रममा छन् । चैत १० गते हिउँदे अधिवेशन सकिएपछि सांसदहरू आफ्ना निर्वाचन क्षेत्रमा गएर जनतासँग राय सुझाव लिँदा अधिकांशले विकास निर्माणसँग सम्बन्धित सुझाव दिएका छन् । सडक, यातायात, नदी नियन्त्रण, बिजुली, खानेपानी, सिँचाइलगायतका मागहरू रहेको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।