१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी तेह्र जनाको मृत्यु ९८ जना घाइते



अ+ अ-

एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । 

दुई ओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।

दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । 

अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।