२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडको आत्मघाती गोलमा बार्सिलोनाको जित, बन्यो नयाँ रेकड



अ+ अ-

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टरका खेलाडी लुका शाले आत्मघाति गोल गरेपछि बार्सिलोना विजयी भयो ।

म्यानचेस्टरको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा लुका शाको आत्मघाति गोलमा बार्सिलोनाले युनाइटेडलाई १–० ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा लुका शाले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

कप्तान लियोनेल मेस्सीको पासमा लुइस सुआरेजको प्रहारलाई गोल लाइनबाट रोक्ने प्रयास गर्दा लुकाले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई आत्मघातीको मान्यता दिएको थियो ।

जितसँगै बार्सिलोनाले नयाँ रेकड बनाएको छ । यो भन्दा अघि युनाइटेड र बार्सिलोनासँग हारेको थिएन । पछिल्लो ११ बर्षको इतिहास हेर्दा बार्सिलोना र युनाइटेड ६ पटक प्रतिस्पर्धा गरेका थिए। जहाँ दुबै टोलीको नतिजा समान थिए ।

बार्सिलोनाले युनाइटेडलाई युरोपिनयन प्रतियोगितामा उसकै घरमा पहिलो जितसमेत दर्ता गरेको छ । यसअघि बार्सिलोनाले यस प्रतियोगितामा कहिल्यै पनि युनाइटेडलाई उसकै घरमा हराउन सकेको थिएन ।

दुबै टोलीले ६ पटक भिड्दा समान दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेका थिए । यो जितसँगै बार्सिलोनाले आफ्नो जित तीन पुर्‍याएको छ । दोस्रो लेग बार्सिलोनको मैदानमा १७ अप्रिलमा हुनेछ ।