१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बलरसामू सिंगापुर टिकेन, ६५ रनमै अलआउट



अ+ अ-

काठमाडौं । अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २१७ रनले हराएको छ।

प्रतियोगितामा कप्तान रोहित पौडेलको ९५ रनको योगदान गर्दैे नेपालले बनाएको २८२ रन बनाएको थियो जवाफमा सिङ्गापुरले ३१ ओभरमा ६५ रनमात्रै बनाएको सकेको थियो।

नेपालका लागि पवन सर्राफले तीन, सूर्य तामाङले दुई र रशिद खानले एक विकेट लिए। सिङ्गापुरबाट सबैभन्दा धेरै रन इशान पल सानेले ५४ बलमा २८ रन बनाए।

एशियाका छ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको विजयी टोलीले सन् २०२० को १९ वर्षमुनिका खेलाडीहरूको विश्वकपमा खेल्न पाउनेछ।