२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलेन रोनाल्डोको जादु, युभेन्टस प्रतियोगिताबाट बाहिरियो



अ+ अ-

काठमाडौं । उपाधिको प्रमुख दाबेदार मानिएको इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

गए राति भएको क्वाटर फाइनलको दोस्रो लेखमा आयाक्ससँग आफ्नै घेरलु मैदानमा २-० गोल अन्तरले पराजित भएपछि लिगबाट बाहिरिएको हो ।

समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरीएको हो । आयाक्स भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रिस्टियानो रोनाल्डोले आफ्नो टिम युभेन्टसलाई सुरुवाती अग्रता दिलाए पनि धेरै समय टिक्न सकेन । खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सले गोल फर्कायो । आयाक्सका लागि भान डेर बिकले गोल गर्दै बराबरी बनाए। पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा आयाक्सले एक गोल थप्यो । खेलको ६७ औँ मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए । उनले लास स्कोनेको कर्नरमा हेडर गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।