२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा २२५ पोका रगत सङ्कलन बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजन कार्कीको “ज्वालामुखीमाथि देश” सार्वजनिक



अ+ अ-

काठमाडौं  ।  पत्रकार राजन कार्कीद्वारा लिखित पुस्तक “ज्वालामुखीमाथि देश” बजारमा आएको छ । रत्नसागर प्रकाशनले प्रकाशन गरेको पुस्तकमा सुन्दर देशलाई गलत नेतृत्वले ज्वालामुखी माथि पु-याएको उल्लेख गरिएको छ । 
कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक प्राध्यापक डा सुरेन्द्र केसीले देश ज्वालामुखीको अवस्थामा रहेको र कुनै पनि बेला नागरिक आक्रोश विष्फोट हुन सक्ने अवस्थामा पुगेको बताउनु भयो । 
उहाँले भन्नुभयो, “नेता मात्र धनी भए । नागरिक कंगाल हुँदैछन् । उद्योगधन्दा कलकारखाना जीर्ण हुँदैछन् । श्रमिकको श्रमको पसिनामा आएको रेमिन्टेन्सले नेताले मोज गरिरहेका छन् ।”
श्री केसीले गएको ३० वर्षमा नेपालमा १८५ वटा राजनैतिक पार्टीहरु दर्ता भएका तर यही ३० वर्षमा देशमा भएका तीन हजार उद्योग तथा कलाकारखाना बन्द भएर देश परनिर्भर भएको तथ्य औंल्याउनु भयो ।
हरेक राजनैतिक व्यवस्थाहरुले देशमा विकृति र विसंगतीपूर्ण काम गरेर यस्तो सुन्दर देशलाई ज्वालामुखीमाथि पुर्याएको हुनाले राजन कार्कीको पुस्तकले ती कुराहरु बोलेको उहाँले बताउनुभयो । 
यसैगरी, डा शास्त्रदत्त पन्तले नेपालमा भएका विकार र विकृति औंल्याएको सांकेतिक रुपमा सो पुस्तकमा देशको राष्ट्रियता झल्किएको धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यकर्ता बाहेक आम सर्वसाधारण जनता अझै दासको रुपमा रहनु परेको गुनासो गर्नुभयो । 

नेपाली सेनाका पूर्व जनरल डा प्रेमसिंह बस्न्यातले पुस्तकमा ठूलो देशप्रेम र राष्ट्रवाद देखिएको हुनाले हरेक पाठकले सो पुस्तक पढ्दा आफैंले लेखेको जस्तो अनुभूत हुने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले कार्कीको पुस्तकमा माटोप्रेम र राष्ट्रप्रेम देखिएको बताउँदै नेपालमा कोही पनि लोकनेता नभएको साथै भएका नेताहरुले यस्तो सुन्दर देशलाई ज्वालामुखिमाथि पुर्याएको विकृतिलाई पुस्तकले बोलेको धारणा व्यक्त गर्नुभयो । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, लोकगायक रामप्रसाद खनाल लगायतले लेखक कार्कीलाई शुभकामना दिनु भएको थियो ।  राजनीतिकर्मी दीर्घराज प्रसाईंको अध्यक्षतामा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लेखक राजन कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो ।