२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेड पराजित, सिटीको सानदार जित



अ+ अ-

काठमाडौं । बुधबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडकै घरेलु मैदानमा म्यानचेस्टर सिटीले जित निकालेको छ । सिटीले युनाइटेडलाई २-० पराजित गरेको हो ।

सिटीको जितमा बर्नाडो सिल्भा र लिरोए साने एकरएक गोल गरे । पहिलो हाफमा युनाइटेडले पाहुन टोलि सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । सिटीले दोस्रो हाफमा दुई गोल गर्यो ।

५४ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले इकेए गुन्डोगानको पासमा गोल गरे । ६६ औं मिनेटमा लिरोए सानेले गोल गर्दै सिटीको अग्रता दैब्बर बनायो । उनले रहिम स्ट्रलिङको पासमा गोल गरे । त्सपछि कुनै गोल हुन सकेन ।

शीर्ष स्थानमा रहेको सिटी र दोस्रो स्थानमा रहेको युनाइटेड भन्दा एक अंकले मात्रै अगाडि छ । सिटीले ३५ खेलबाट ८९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने, लिभरपुलले समान खेल खेल्दै ८८ अंकसहित दोस्रो स्थानमा छ ।