२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन कप : बायर्नको रोमाञ्चक जित, आरबी लेपिजिजसँग भिड्ने



अ+ अ-

काठमाडौं। बुधबार राति भएको खेलमा वेरडर ब्रेमेनलाई पराजिवत गर्दै साविकको विजेता बायर्न म्युनिख जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । ब्रेमेनलाई ३–२ गो अन्तरले पराजित गर्दै बायर्नले जर्मन कपको फाइनलमा आरबी लेपिजिजसँग भेट पक्का गरेको हो ।

आरबी लेपिजिज यस अघि नै जमर्न कपको फाइनलमा प्रवेश गरिसकेको छ । अब बायर्नले उपाधिका लागि २६ मे मा आरबी लेपिजिजसँग प्रतिस्पर्धा गर्नेछ । आरबी लेपिजिजले ह्यामवर्गर एसभीलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षिगत गरेको थियो ।

बायर्नको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले दुई र थोमस मुलरले एक गोल गरे। वेरडरका लागि युया ओसाको र मिलोट रासिकाले एक एक गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको बायर्नले दोस्रो हाफमा दुई गोल गर्यो । पहिलो हाफमा कुनै गोल नगरेको वेरडरले दोस्रो हाफमा दुई गोल गर्यो । खेल शुरु भएको ३६औं मिनेटमा रोबर्टले गोल गर्दै बायर्नलाई खेलमा अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफको ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । उसका लागि थोमस मुलरले गोल गरे । तर बायर्नको अग्रता धेरै समयसम्म टिक्न सकेन । वेरडरले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्यायो । वेरडरका युया ओसाको र मिलोटले दुई मिनेटको अन्तरमा दुई गोल गरेका थिए ।

८०औं मिनेटमा रोबर्टले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई ३–२ को रोमाञ्चक जित दिलाए ।




भर्खरै