१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने
अ अ+ अ-

काठमाडौं ।सरकारले मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भएको छ । उक्त सडकको दूरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित सङ्घर्ष समितिका अध्यक्ष तथा पत्रकार चिरञ्जीवी मास्केसहितको समूहसँग भेटमा आज भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले एक हप्ताभित्र ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्काको सम्झौता तोड्ने बताउनुभयो ।
      
उहाँले सडक अलपत्र पारेर जनतालाई सास्ती दिने कामप्रति मन्त्री पनि गम्भीर रहनुभएको र त्यसको ठेक्का तोड्न तलबाट प्रक्रिया पूरा गरेर नयाँ टेन्डर आह्वान गर्ने बताउनुभयो । खाडीचौर–मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए । मुरे–चरिकोटको काम शङ्कर माली निर्माण सेवाले गरिरहेको तर ठेकेदार मिटरब्याजको फन्दामा परेपछि काम अलपत्र छ ।

शङ्करमाली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तारको ठेक्का पाएको थियो । विसं २०७४ भित्र सम्पन्न हुनुपर्ने काम चार वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक रु चार लाखका दरले हर्जनासमेत तिराएको छ । ठेकेदार समस्यामा परेपछि सडकको काम अलपत्र भएको हो ।

सडक विस्तारको काम सकिए पनि कालोपत्र नहुँदा दोलखा यात्रा गर्न निकै कठिनाइ भएको छ । उक्त सडक निर्माणका लागि पहल गर्न दोलखाका पत्रकारले पटक–पटक आन्दोलन गरिरहेका छन् । त्यही आन्दोलनकै क्रममा आज सिंहदरबारमा आएर ध्यानाकर्षण गराएका हुन् ।

सङ्घर्ष समितिका संयोजक तथा पत्रकार मास्केले पुरानो ठेक्का बदर गरी नयाँ ठेक्काबाट प्रक्रियाबाट वर्षायाम सुरु हुनुभन्दा अघि नै काम सक्नुपर्ने बताउनुभयो । आन्दोलनमा दोलखाका पत्रकारका साथै जनप्रतिनिधिहरूसमेत रहेका थिए ।