१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘म नेचुरल क्यान्डिडेट हुँ’- प्रकाशमान सिंह (भिडियो सहित)

‘म नेचुरल क्यान्डिडेट हुँ’- प्रकाशमान सिंह (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनु भएको छ । सोमवार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनु भएको हो ।

उहाँले आफू प्रकृतिक उम्मेदवार भएको कारण  पार्टीमा सभापति बन्ने पालो आएको बताउनु भयो । नेता सिंहले आफूले पाएको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टी आफू नेतृत्वमा पुगेपछि बनाउने दाबी गर्नुभयो ।

नेता सिंहले भन्नुभयो, ‘म नेचुरल क्यान्डिेट हुँ, म अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टिको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु । मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रिय उपसभापति र महामन्त्री भइसकेकोले अब टाइम आएको छ, मैले प्राप्त गरेको जुन अनुभवहरु यो पार्टीलाई अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टीको रुपमा मेरो अनुभवबाट सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ ।’

नेता सिंहले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै पटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताउनु भयो ।