६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राष्ट्रपति भण्डारी संसदमा, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्दैछिन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

झण्डै दुई तिहाई नेतृत्वको सरकारको दोस्रो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । चालु आर्थिक वर्षमा मुलुकभित्र रोजगारी बढाउने र कानुन निर्माणको वर्ष बनाउने भनेर सरकारले गत वर्षको नीति तथा कार्यक्रममा जोड दिएको थियो।

सरकारले आर्थिक विकास, रोजगारी सिर्र्जना र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । नीति तथा कार्यक्रम पारितपछि प्रिबजेट छलफल गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्नेछ। अन्नपूर्णबाट ।