१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सार्क पुनःजीवनका लागि उच्च राजनीतिक नेतृत्वको प्रयासको अपेक्षा

सार्क पुनःजीवनका लागि उच्च राजनीतिक नेतृत्वको प्रयासको अपेक्षा
अ अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र  बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाइरहँदा अफगान सङ्कट र सङ्गठनको १९ औँ शिखर सम्मेलनको अनिश्चितताले उनीहरूलाई पिरोलिरहेको छ । अतिवादी समूह तालिवानले अफगानिस्तानको शासन व्यवस्था बलपूर्वक आफ्नो हातमा लिएपछि सङ्गठनको कान्छो सदस्य राष्ट्रको भविष्य अन्योलग्रस्त मात्र भएको छैन अपितु भारत र पाकिस्तानबीचको मनोमालिन्यले पहिलेदेखि नै गतिहीन सार्क प्रक्रियालाई थप दिशाविहीन बनाएको छ । मालदिभ्सको राजनीतिक अस्थिरताले पनि त्यसलाई मलजल गरेको छ । 

सात वर्षदेखि शिखर सम्मेलनको तयारी गरेर चाँडोभन्दा चाँडो मिति घोषणा हुने विश्वासका साथ व्यग्र प्रतीक्षामा रहेको  पाकिस्तानले द्विपक्षीय मतभेदका विषयले सार्कलाई बन्दी बनाउन नहुने अभिव्यक्ति सार्वजनिक रुपमा व्यक्त गर्दै आएको छ । सार्क प्रक्रिया अवरुद्ध हुन नहुनेमा सबै सदस्य राष्ट्रबीच मतैक्यता रहे पनि १९ औँ शिखर बैठक नहुँदा क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने  सामूहिक लक्ष्यमा तुषारापात भएको छ । 

लामो समयदेखि १९ औँ शिखर सम्मेलन अवरुद्ध हुँदा इतिहास र संस्कृतिले बाँधिएका आठ राष्ट्रको मञ्च सार्कले दक्षिण एशियाको द्रुत सामाजिक प्रगति र आर्थिक विकासबाट यस क्षेत्रका जनताको हित प्रवद्र्धन, उनीहरूको जीवनस्तरमा सुधार, सार्वभौमसत्ताको सिद्धान्तलाई इमानदारीका साथ पालना गर्दै शान्ति, स्थायित्व, सौहार्दता अभिवृद्धिलाई केन्द्रमा राखेर समानता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, शक्तिको प्रयोग नगर्ने तथा  अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूणर् समाधान गर्ने लक्ष्य प्राप्तिमा पनि व्यवधान सिर्जना भएको छ । 

बाह्रौँ शिखर सम्मेलनले गरिबी उन्मूलनलाई अधिक प्राथमिकता दिएको र त्यसले दक्षिण एशियाका बहुसङ्ख्यक गरिबको जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने विकास गतिविधिका सबै क्षेत्रमा क्षेत्रीय सहयोगलाई सहज बनाउने उद्देश्यले पनि बाटो बिराएजस्तो भएको छ । यद्यपि सार्कका विशिष्टीकृत निकायहरू दक्षिण एसियाली विश्वविद्यालय, सार्क विकास कोष, सार्क क्षेत्रीय गुणस्तर तथा नापतौल सङ्गठन र  सार्क मध्यस्थता परिषद्ले भने आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । सार्क कृषि केन्द्र, सार्क क्षयरोग र एचआइभीरएड्स केन्द्र, सार्क ऊर्जा केन्द्र, सार्क सांस्कृतिक केन्द्र  र सार्क विपद् व्यवस्थापन केन्द्रले पनि क्षेत्रीय विकासका उद्देश्य र लक्ष्य हासिलका निम्ति नियमित रुपमा काम गरिरहेका छन् । 

सार्कका पूर्वमहासचिव अर्जुनबहादुर थापा वर्तमान सङ्कटबाट मुक्ति पाउन र नेपालसहितका सार्कका संस्थापकहरूले परिकल्पना गरेको ‘एकीकृत एवं समृद्ध दक्षिण एसिया’लाई साकार पार्न प्रभावकारी क्षेत्रीय सहयोग अपरिहार्य भएको बताउनुहुन्छ । सार्कको सान्दर्भिकता नसकिएको तर्क गर्दै उहाँ सदस्य राष्ट्रसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुहुन्छ । अहिलेको गतिरोध अन्त्यका लागि अध्यक्षका नाताले नेपालले अनौपचारिक संवाद तत्काल थाल्नुपर्ने सुझाव उहाँ  दिनुहुन्छ । प्रधानमन्त्रीका तहबाट त्यस्तो प्रयास भएमा सार्क बौरिनसक्ने उहाँको ठम्म्याइ छ । 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रहिसक्नुभएका पूर्वराजदूत डा दिनेश भट्टराई अफगानिस्तान सङ्कटपछि सार्कको सान्दर्भिकता र महत्व अझ बढेको बताउनुहुन्छ । “अफगान घटनाले सार्कको महत्तालाई बढाएको छ, त्यसले दक्षिण एसियाली मुलुकहरू एकै ठाउँमा आउनुपर्ने सन्देश दिएको छ”, सार्क सदस्य राष्ट्रहरू एकजुट नभए अतिवादी र बाह्यशक्तिलाई चलखेल गर्न सहज हुने विचार व्यक्त गर्दै उहाँ भन्नुहुन्छ । भारत र पाकिस्तानबीचको द्वन्द्व वार्ताका माध्यमबाटै समाधान गर्नुपर्ने उहाँको सुझाव छ । संवादबाट सीमापार आतङ्वादलगायत समस्या सल्ट्याउन सकिने र सार्कले पनि आतङ्वादलाई जरैदेखि निमिट्यान्न पार्ने लक्ष्य लिएकाले मिलेर जानाको विकल्प नरहेको डा भट्टराई बताउनुहुन्छ । 

परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराई दक्षिण एसियाबाट गरिबी हटाउने, आतङ्कवाद र अतिवादका छायाबाट यस क्षेत्रलाई मुक्त पार्ने, मानव बेचबिखन, हातहतियार तथा लागूपदार्थ ओसारपसारलगायत अवाञ्छित गतिविधिविरुद्ध एकताबद्ध भएर अघि बढ्ने लक्ष्य एव उद्देश्यले अघि बढिरहेको सार्कलाई निष्प्रभावी बनाउन नहुनेमा जोड दिनुहुन्छ । युरोपेली सङ्घ, दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)जस्ता क्षेत्रीय सङ्गठनले निर्धारित लक्ष्य प्राप्तिमा फड्को मारेर अघि बढेका बेला सार्क सुस्ताउनु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा भट्टराईलाई दुःखद् लाग्छ  । सदस्य राष्ट्रलाई सहमतिमा ल्याएर १९ औँ शिखर सम्मेलन पाकिस्तानमा नभए अन्यत्र आयोजना गर्ने प्रस्तावसहित नेपालको अग्रसरताको अपेक्षा गरिएको उहाँ बताउनुहुन्छ । 

नेकपा (एमाले) विदेश मामिला विभाग उपप्रमुख विष्णु रिजाल क्षेत्रीय चासोका साझा विषयमा समान धारणा बनाएर सार्कलाई पुनर्जीवन दिनुपर्ने औँल्याउनुहुन्छ । कोभिड(१९ को महामारीका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झैँ अध्यक्षका नाताले नेपालले पनि अवरुद्ध सार्क प्रक्रियालाई गतिशील तुल्याउन हरसम्भव प्रयत्न गर्नुपर्ने उहाँको अभिमत छ । “सार्कको सान्दर्भिकता समाप्त भएको छैन, ३७ वर्षअघि सार्कका संस्थापकहरूले देखेको समृद्ध दक्षिण एसिया निर्माण गर्ने  सपना साकार पार्न नेपालको अग्रसरता आवश्यक छ”, सुझबुझपूणर् कूटनीतिक क्रियाशीलतामा जोड दिँदै एमाले केन्द्रीय सदस्य रिजाल भन्नुहुन्छ । 

सार्क प्रक्रिया अवरुद्ध हुँदा सार्क स्वतन्त्र व्यापार क्षेत्र, भन्सार सङ्घ, साझा बजार र साझा आर्थिक तथा मौद्रिक सङ्घमार्फत चरणबद्ध र योजनाबद्ध रूपमा दक्षिण एसियाली आर्थिक सङ्घ स्थापना गर्ने लक्ष्य प्राप्तिमा पनि अवरोध सिर्जना भएको छ । काठमाडौँमा सम्पन्न अठारौँ शिखर सम्मेलनमा सार्क नेताहरूले आर्थिक सङ्घ स्थापनाका लागि गरेको घोषणा कार्यान्वयनको मार्गचित्र कागतमै सीमित हुनु दक्षिण एसियालीका निम्ति चिन्ताको विषय बनेको छ । शिखर सम्मेलन नहुँदा निर्धारित लक्ष्य हासिल गर्न सदस्य राष्ट्रबाट व्यक्त प्रतिबद्धता र तिनीहरूको कार्यान्वयनका लागि पारस्परिक सहमति एवं निणर्यको पालना हुन सकेको छैन । 

कोभिड महामारीले शिथिल दक्षिण एसियाको अर्थतन्त्रको पुनरुत्थानका लागि सदस्य देशबीच समझदारी र साझेदारीको खाँचो तथा क्षेत्रीय रणनीतिको पनि  उत्तिकै आवश्यक छ । बलदिएका परिवेशमा त्यस्तो रणनीति क्षेत्रीय सहयोगलाई सुदृढ गर्न उपयोगी हुने तथा समावेशी एवं उत्थानशील वृद्धिका निम्ति सहायक हुनेछ । स्वास्थ्य क्षेत्रमा भारी मात्रामा रकम विनियोजन, औषधि तथा सेवाका क्षेत्रको सुदृढीकरण, गरिबी घटाउन सूचना प्रविधिको अधिकतम उपयोग तथा नवीन क्षेत्र प्रविधिको प्रवद्र्धनमा सामूहिक प्रयास सार्क मुलुकबाटै सहजरुपमा गर्न सकिन्छ । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने सबै देशको प्रतिबद्धता पूरा गर्न पनि सार्कको औचित्य र उपादेयता बढेको छ ।

सदस्य राष्ट्रको सामूहिक प्रयासबाट नै सार्क खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न लगानी वृद्धि, अनुसन्धान र विकास प्रवद्र्धन, प्राविधिक सहयोगलाई सहजीकरण गर्न तथा उत्पादकत्व अभिवृद्धि र दिगो खेतीको प्रवद्र्धनका कार्यक्रम अघि बढेका हुन् । तिनलाई निरन्तरता दिन पनि सार्कको सान्दर्भिकता नसकिएको मान्न सकिन्छ । क्षेत्रीय आर्थिक एकीकरणसम्बन्धी सार्क-एसियाली विकास बैंक अध्ययनले देखाएको अबको आर्थिक विकासकोे बाटामा नहिँड्दै सार्कलाई गतिहीन एवं प्रभावहीन हुन नदिन सार्कका नेताहरूले दूरगामी निणर्य गर्ने अपेक्षा गरिएको छ । अथाह जलविद्युत् , प्राकृतिक ग्यास, सौर्य, वायु र जैविक इन्धनका स्रोतले सम्पन्न दक्षिण एसियाको नेतृत्वले ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा क्षेत्रीय सहयोगका लागि उपलब्ध प्रचुर  अवसरको प्रयोग गर्दै सार्कका संस्थापकहरूले देखेको समृद्ध दक्षिण एसिया बनाउन विलम्ब गर्नुहुँदैन । 

सार्क प्रक्रियाको सफलताको सूत्र सदस्य राष्ट्रले लिएका निणर्यको प्रभावकारी कार्यान्वयन नै हो ।  कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि थप प्रभावकारी प्रणाली विकास गर्न जरुरी भएको छ । सदस्य राष्ट्रले पहिचान गरेका प्राथमिकताका क्षेत्रमा क्षेत्रीय सहयोगलाई सुदृढ गर्न आवश्यक छ र कार्यक्रमहरू परिणाममा आधारित र समयबद्ध रूपमा कार्यान्वयन गर्नाको विकल्प छैन । 

भूगोल, इतिहास, सभ्यता र संस्कृतिका हिसाबले धेरै समानता भए पनि दक्षिण एसिया अन्य क्षेत्रका तुलनामा व्यापार र सम्पर्कमा सबैभन्दा कम एकीकृत क्षेत्र भएको छ । प्रभावकारी क्षेत्रीय एकीकरण वा ‘कनेक्टिभिटी’को लक्ष्य हासिल गर्न हवाई, सडक र रेल सञ्जाल अपरिहार्य पूर्वाधार हुन् । क्षेत्रीय सहयोग सुदृढीकरणका लागि साफ्टा, यातायात, शिक्षा, आन्तरिकरगृह मामिला, गरिबी निवारण, महिला, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण र विज्ञान तथा प्रविधि जस्ता सहयोगका प्राथमिकताका क्षेत्रमा थप बहस र छलफल उत्तिकै आवश्यक छ । अशिक्षा, गरिबी र अविकासबाट पार पाउने दक्षिण एसियाका जनताको आशा र आकाङ्क्षालाई सम्बोधन गर्ने प्रभावकारी क्षेत्रीय मञ्च मानिएको सार्कको विकल्प छैन । यस वास्तविकतालाई मनन गरी दिगो एवं अर्थपूणर् क्षेत्रीय सहयोग नै यस क्षेत्रको शान्ति र समृद्धिको एक मात्र माध्यम भएकाले सार्कलाई पुनःजीवन दिन सदस्य देशका उच्च राजनीतिक नेतृत्वले भगीरथ प्रयत्न गर्नैपर्छ ।  (रासस, शरच्चन्द्र भण्डारी)