१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सभापति देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको घिमिरेको आरोप

सभापति देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको घिमिरेको आरोप
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गर्नु भएको छ ।

मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश नं. १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दूरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको बताउनुभएको हो । गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भएपनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ । कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मुल्य स्खलनको जिवन्त उदाहरण भएको उहाँले बताउनुभयो । पार्टीको सिद्धान्त, आदर्श र मुल्यमान्यतालाई अपहेलित गरेर निर्वाचन सम्पन्न गराइएको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘मुल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जिवन्त दृष्टान्त हो प्रदेश नम्बर १ को निर्वाचन । पार्टीको सिद्धान्त, आदर्श, मुल्यमान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर प्रदेश नम्बर १ को निर्वाचन सम्पन्न भयो । सत्ताको चरम दुरुपयोग गरियो । राजनीतिक हिंसाको श्रृङ्खला उहाँले नै सुरु गर्नुभएको हो । गत संसदीय निर्वाचनमा उहाँ सभापति हुनुहुन्थ्यो, उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । र उहाँले एकपटक म माथि हिंसा गरिसक्नु भएको थियो । टिकट वितरणको क्रममा जनमतबाट पनि नम्बर एक सिफारिस भएको व्यक्ति, योगदानले पनि र पहिचानले पनि नम्बर एक सिफारिसमा परेको व्यक्तिलाई उहाँले टिकटबाट वञ्चित गर्नुभयो । उम्मेदवार बन्नबाट वञ्चित गर्नुभो । उहाँकै अध्यक्षतामा बसेको संसदीय बोर्डले टिकटबाट वञ्चित गरायो । त्यो राजनीतिक हिंसा थियो । र त्यो हिंसाको श्रृङ्खला अहिले फेरी दोहोरियो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा एक नम्बर प्रदेशमा गठबन्धन बनाएर उहाँले अर्को हिंसा म माथि गर्नुभयो ।’

नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताउनुभयो । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरिएको भन्दै उहाँले पार्टीको महाधिवेशनमा सत्ताको चरम दूरुपयोग गर्नेले मुल्य चुकाउनुपर्ने बताउनुभयो ।