६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लगातार दोस्रो पटक सिटी बन्यो च्याम्पियन, ब्राइटन उसैको मैदानमा पराजित



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले लगातार दोस्रो पटक जितेको छ ।

आइतबार साँझ भएको लिगको अन्तिम खेलमा ब्राइटनलाई उसैको मैदानमा ४–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीको जितमा सर्जियो एग्युरो,एमेरिक लापोर्ट, रियाद माहरेज र इल्काए गुन्डोगनले समान एक एक् गोल गरे । एग्युरोले खेलको २८औं मिनेटमा पहिलो गोल गरे । यता,ब्राइटनका लागि ग्लेन मरेले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता ब्राइटनले लिएको थियो ।ब्राइटनका लागि २७औं मिनेटमा ग्लेन मरेले गोल गरेका थिए । उनले पास्कल ग्रसको पासमा गोल गरेका थिए ।

सिटीका लागि लापोर्टले ३८औं मिनेटमा हेड गोल गरेदै खेलमा २–० को अग्रता बनाए । पहिलो हाफ २–० ले अगाडि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६३औं मिनेटमा माहरेजले तेस्रो गोल गरे । ७२औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए ।