६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : गेटाफे विरुद्ध बार्सिलोनाको कठिन जित, भिडालको एक गोल



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति भएको लिगको ३७औं खेलमा लिग च्याम्पियन बार्सिलोनाले पाहुना टोली गेटाफेमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि अर्टुरो भिडाल एक गोल गरे भने एक गोल उपहारमा पायो ।

निक्कै नै कमजोर खेल खेलेको बार्सिलोनाले खेलको ३९औं मिनेटमा भिडालले गोल मार्फत अग्रता बनायो । उनले कप्तान लिओनल मेस्सीले हानेको फ्रि किक बललाई बक्स भित्रबाट भिडालले जाली चुमाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको बार्सिलोनाले खेलको ८९औं मिनेटमा उपहार गोल पायो । मेस्सीको प्रहार क्लिय गर्न खोज्दा डिज्ने डाकोनामले आफ्नै पोस्टमा गोल गरेपछि खेल बार्सिलोनाले २–० ले जित्यो ।