१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरी ‘ए’ : रोमासँग लिग च्याम्पियन युभेन्टसको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लिग च्याम्पियन युभेन्टसले लज्जास्पद हार व्यहोरेको छ । गत राति भएको खेलमा युभेन्टस रोमासँग २–० ले पराजित भइको हो ।

घरेलु मैदानमा भएको खेलमा रोमाका लागि फ्लारेन्जी र इडेन जेकोले समान एक एक गोल गरे । निक्कै नै रोमाञ्चक खेलमा रोमाका लागि ७९औं मिनेटमा फ्लारेन्जीले पहिलो गोल गरे भने त्यसपछि थपिएको समयमा इडेन जेकोले गोल गर्दै रोमालाई २–० ले जिताए ।

यो हारुँगै युभेन्टस ३६ खेलबाट ८९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत छ । रोमा समान खेलबाट ६२ अंकसहित छैटौं स्थानमा छ ।