२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा राजधानीको विषयले प्रवेश नपाएपछि प्रदेश ३ को प्रदेशसभा स्थगित



अ+ अ-

हेटौंडा । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको नाम र राजधानीको विषयले प्रवेश नपाएको भन्दै वर्षे अधिवेशन अवरुद्ध गरेको छ ।

प्रदेश ३ को आजबाट सुरु हुन लागेको अधिवेशनमा नामाकंन र राजधानीबाहेकका ८ विषयले मात्रै बैठकमा प्रवेश पाउने भएपछि प्रदेश सभा पहिलो पटक अवरुद्ध गरेका हुन् ।

राजधानी र नामांकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले बताए।

यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रबेश नपाए वर्षे अधिवेशन अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दलले चेतावनी दिएको थियो ।

दलका नेताले वर्षे अधिवेशनको शुभकामना मन्तव्य व्यक्त गरेपछि कांग्रेसले संसद अवरुद्ध गरेको हो। सत्तारुढ दल नेकपामै पनि राजधानी र प्रदेश नामांकनबारे सहमति जुट्न नसक्दा प्रदेश नामांकन र स्थायी राजधानी अझै टुंग्याउन सकेको छैन । प्रतीपक्षी दल नेता बानियाँले प्रदेश नामांकन र राजधानीले अलमलको स्थिति सिर्जना भएकाले छिटो टुंग्याउन आफ्नो पार्टीले दबाव दिन लागेको बताए ।

यसअघि प्रदेश ३ संसदले हिउँदे अधिवेशनको अन्त्यसम्म राजधानी र नामाकरणको विषय टुङ्ग्याउने बताएको थियो । तर, बर्षे अधिवेशनमा पनि यसलाई प्राथमिकताको १० औं नम्बरमा राखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि मंगलबार ११ बजे सम्मका लागि संसद स्थगित गरिएको हो।




भर्खरै