२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको फराहमा गोली चल्यो, नौ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी छ आतङ्ककारी मारिएका छन् ।

सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

फराह प्रान्तको प्रान्तीय शहर फराह सिटीको उत्तरी इलाकामा रहेको दुई ओटा गाउँमा रहेको प्रहरी चौकीमा उक्त झडप भएको थियो ।

सो आक्रमणको सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीमा परी छ आतङ्ककारी मारिएका थिए ।

राजधानी काबुलबाट करिब ६ सय ९५ किलोमिटर पश्चिममा रहेको फराह प्रान्तको उक्त इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच भारी झडप भएको थियो ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी व्यक्तित्व र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानको ३४ ओटा प्रान्तमध्ये २५ ओटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच झडप जारी रहेको छ ।




भर्खरै