२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्ज मेडिकल कलेजका १२ जना चिकित्सक लागुऔषध दुव्र्यसनमा !



अ+ अ-

काठमाडौं । नेपालगन्ज मेडिकल कलेज कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।

अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको सङ्ख्या धेरै रहेको अनुमान गरिएको छ ।

झण्डै १२ जनाभन्दा बढी चिकित्सक तथा कलेजमा अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई लागुऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गरेपछि यो रहस्य उजागर भएको हो ।

भारतको सीमा बजार रुपेडियाबाट लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमबिबिएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अङ्कुर शर्मालाई पक्राउ गरेको थियो भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका तत्कालीन प्रशासन प्रमुख अरविन्द शर्मा पनि लागुऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट नै पक्राउ परेको थियो ।

मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागुऔषधसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागुऔषधको प्रयोग र कारोवार हुन्छ भन्ने प्रमाणित भएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थी लागुऔषध प्रयोग गरेको फेला परेपछि उक्त अस्पतालले दिने शिक्षा र उपचार सेवामा शङ्का गरिन थालिइएको छ ।

उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रीय सदस्य वसन्त गौतमले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा लागुऔषध दुव्र्यसन तथा कारोवार हुनु चिन्ताको विषय भएको बताउनुभयो । “बिरामी जाँच्ने चिकित्सक नै लागुऔषधको कुलतमा फसेपछि उसले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने कुरै आउँदैन”, उहाँले भन्नुभयो । कानून व्यवसायीसमेत रहेका गौतमले लागुऔषध कारोवारीले शिक्षा क्षेत्रमा कारोवार बढाएर शिक्षा क्षेत्रलाई तहस नहस बनाउन खोजेको दाबी गर्दै यसले सिङ्गो शिक्षा क्षेत्र धमिल्याएको बताउनुभयो ।

“राम्रा र जेहेन्दार विद्यार्थीले मात्र एमबिबिएस पढ्छन् भन्ने आमसमुदायको मानसिकतामाथि यसले नकारात्मक सन्देश दिएको छ”, उहाँले भन्नुभयो । एमबिबिएस अध्ययनरत विद्यार्थीले लागुऔषध प्रयोग गर्दा गुणस्तरीय शिक्षा लिन नसक्ने भएकाले भविष्यमा उसले दिने स्वास्थ्य सेवामाथि पनि प्रश्न चिह्न खडा भएको छ ।

मेडिकल कलेज व्यवस्थापन समिति र कलेजका प्रबन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै प्रहरी निरीक्षक थापाले कुलतमा फसेका विद्यार्थीलाई सही बाटोमा ल्याउन र कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।